दफा १६७
यसै ऐन बमोजिम हुने
(१) यस ऐनमा लेखिएको कुरामा यसै ऐन बमोजिम र अन्यमा प्रचलित कानून बमोजिम हुनेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्पत्ति शुद्धीकरण वा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रचलित कानूनमा उल्लिखित कुराको हकमा सोही ऐन बमोजिम हुनेछ।